सिमलटार र प्रगतिशिल टोल विकास संस्था उत्कृष्ट

मकवानपुर, ३ फागुन । हेटौँडा उपमहानगरपालिकाको १९ वटा वडाका ३७५ वटा टोल विकास संस्थामध्ये हेटौँडा ११ स्थित सिमलटार टोल विकास संस्था उत्कृष्ट घोषित भएको छ । यसैगरी हेटौँडा ९ को प्रगतिशिल टोल विकास संस्था पनि उत्कृष्ट घोषित भएको हो ।

हेटौँडा उपमहानगरपालिकाको ५५ औँ नगर स्थापना दिवसको अवसरमा दुबै टोल विकास संस्थालाई सम्मान गरिएको थियो । दुबै संस्थाले विकासको काममा उल्लेखनिय कार्य गरेबापत २०८० को उत्कृष्ट टोल विकास संस्था घोषित भएको हो ।

उत्कृष्ट टोल विकास संस्थाहरुलाई हेटौँडा उपमहानगरपालिकाकी मेयर मीना कुमारी लामाले सम्मान पत्र प्रदान गर्नुभएको थियो ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top