साबुनले यसरी जोगाउँछ जीवन

मकवानपुर, १ माघ । “राम्रोसित हात धोएको खण्डमा झाडा-पखालासम्बन्धी ४३% रोगबिमार कम हुन सक्छ” भन्‍ने कुरा लण्डन स्कूल अफ हाइजिन एण्ड ट्रपीकल मेडिसिनका अनुसन्धानकर्ताहरूले पत्ता लगाए भनेर दी इकोनोमिस्ट बताउँछ। “यसले सबैभन्दा प्रमुख बाल-हत्यारा, श्‍वासप्रश्‍वाससम्बन्धी संक्रमण पनि त्यति नै उल्लेखनीय ढंगमा घटाउन सक्छ।

अमेरिकी सेनाको लागि गरिएको एउटा बृहत्‌ अनुसन्धानले देखाएअनुसार सिपाहीहरूले दिनको पाँच चोटि आफ्नो हात धुँदा, घरी-घरी नाक सिंक्क-सिंक्क हुने र खोकी ४५% ले कम भएको पाइयो।” विकासोन्मुख देशहरूमा अधिकांश परिवारहरूले साबुन किन्‍न सक्छन्‌। तसर्थ, यसलाई “आफै लगाउन सकिने एक किसिमको खोप” भनेर वर्णन गर्नु ठीकै हो। अनि यो खोप लगाउँदा दुख्दा पनि दुख्दैन!

शौचालय प्रयोग गरेपछि, नानीबाबुलाई धोइदिएपछि वा थाङ्‌ना फेरिदिएपछि, खानापिना तयारी गर्नुअघि वा खाना खान बस्नुअघि आफूलाई अरूलाई हानिकारक कीटाणु वा भाइरस सार्न सक्ने अन्य कुनै पनि सम्भावना हुँदा हामीले आफ्नो हात धुने बानी बसाल्नुपर्छ। नियमित रूपमा साबुनपानीले हात धोएर हामी आफ्नो परिवार तथा हाम्रो सम्पर्कमा आउने सबैप्रति प्रेम व्यक्त गर्न सक्छौं।
साभार– https://www.jw.org/ne बाट

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top